बढीपहिरो पीडितलाई राहतसामग्री वितरण गर्न प्रतिनिधि परिचालित
१७ असोज, ललितपुर । लगातारको वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित भएकालाई राहतसामग्री वितरण तथा पुनःस्थापन गर्न नेपाली कांग्रेस ललितपुरले जिल्लाका छवटा पालिकामा प्रतिनिधि परिचालन गरेको छ ।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको आजको बैठकले उद्धार, राहतसामग्री वितरण र पुनःस्थापनाका लागि समन्वय गर्न र तथ्याङ्क सङ्कलन गरी विवरण पेस गर्ने जिम्मेवारीसहित पदाधिकारी परिचालन गरेको हो ।
महाङ्काल गाउँपालिकामा ऋषिदेव फुँयाल, कोञ्ज्योसोम गाउँपालिकामा राजनप्रसाद घिमिरे, बागमती गाउँपालिकामा माधव दुलाल, गोदावरी नगरपालिकामा बालमुकुन्द घिमिरे, महालक्ष्मी नगरपालिकामा रोनिल पौडेल र ललितपुर महानगरपालिकामा सन्तोषराज केसीलाई प्रतिनिधि बनाइएको कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले जनाएको छ । सम्पूर्ण पालिकाको समन्वयको जिम्मा ऋषिदेव फुँयाललाई दिइएको छ ।
बैठकले राहतसामग्री वितरण गर्नका लागि ‘बाढीपहिरो राहत तथा पुनःस्थापना कोष–२०८१’ स्थापना गरिएको फुँयालले जानकारी दिनुभयो । सहयोगका लागि हिमालय बैंक, नखिपोट शाखाको खाता नम्बरमा रकम जम्मा गर्न आह्वान गरिएको उहाँले बताउनुभयो ।
ठकले बाढीपहिरो पीडितप्रति ‘शुभकामना होइन समानुभूति’ कार्यक्रममार्फत समवेदना र राहतसामग्री पुर्याउने निर्णय गरेको पनि फुँयालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १५:२१