१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक राहत कोषमा दिने

१६ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने भएका छन्। लगातारको बर्षाले क्षति पुर्याएको बाढीपहिरो पीडितलाई उद्धार र राहतका लागि उहाँले आर्थिक सहयोग गर्ने भएको हो ।

राष्ट्रपतिले केन्द्रीय दैवीप्रकोप राहत कोषमा एक महिनाको सुविधा उपलब्ध गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : October 2, 2024 at 5:31 pm