१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

आज यी नदी र खोलामा बाढीको जोखिम

१६ असोज, काठमाडौँ । आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यी प्रदेशका केही भू–भागमा आज पनि धेरै वर्षाको सम्भावना रहेकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

त्यस्तै, तेह्रथुम, धनकुटा, इलाम, झापा, ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र मोरङका नदी तथा खोलामा भने बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : October 2, 2024 at 10:54 am