१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा भूकम्पको धक्का

१५ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा भूकम्पको धक्का महशुष गरिएको छ । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ ।

केन्द्रले सिन्धुपाल्चोकको जलबिरे केन्द्रविन्दु भएर दिउँसो २ बजे २१ मिनेट जाँदा ३ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित नुवाकोट, काठमाडौँ उपत्यका, काभ्रे र दोलखासम्म महशुष गरिएको थियो । केही सातायता देशका विभिन्न भूभागमा निरन्तर भूकम्पको धक्का महशुष भैरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १५:३५