१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आजदेखि ३ दिन राष्ट्रिय शोक, सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइने

१५ असाेज, काठमाडाैँ । सरकारले बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अमेरिका भ्रमणबाट फर्किएलगत्तै बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हाे ।

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा भने दिइएको छैन। बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ। उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने बताइएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ०९:५३