१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लगाारको बर्षाले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

१४ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले राससलाई जानकारी दिनुभयो । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहनुभएका गोपाल कटुवालले दसैँका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताउनुभयो । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १६:५९