१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घुसको समाचार लेख्ने पत्रकार जेल चलान, माफी मागे ७ दिन नत्र ३ महिना जेलमा रहने

१३ असोज, काठमाडौँ । अदालतको बारेमा ‘डार्क फाइल’ नाम दिएर घुस काण्डको समाचार लेख्ने सीधाकुरा डटकमका दुई जना पत्रकारलाई सर्वोच्च अदालतले तीन महिना कैदको सँजाए सुनाएको छ । आतइबार सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित नाै न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले फैसला सुनाउँदै दुई पत्रकार नविन ढुंगाना र युवराज कडेँल तथा घुस काण्ड भनेर अडियो बनाउने विचौलिया भनेर चिनिएका राजकुमार तिम्सिनालाई क्रमश तीनरतीन महिना र छ महिना कैदको फैसला गरेको छ ।

अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले आइतबार उनीहरुलाई कैद सजाय सुनाएको हो । सर्वोच्चले आफैँले मुद्दा हालेर पत्रकारलाई कैदको फैसला सुनाएको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले पत्रकारद्धयलाई जनही ५ हजार रुपैयाँ जरिवाना  गरिएको जानकारी दिँदै माफी मागे उनीहरूको कैद सजाएँ सात दिनमा सीमित हुने बताउनुभयो ।

रंगेहात पक्राउ परेका भ्रष्टाचारीहरूको पक्षमा सर्वोच्चका न्यायाधीशले प्रभावमा परेर फैसाल गरेको भन्दै उनीहरूले रिपोर्टिङ गरेका थिए । स्रोतले नै गलत सुचना दिएको पुष्टि भएपछि समाचार दिने स्रोतसहित पत्रकारलाई सर्वोच्च अदालतले एकै आदेशमा कैद र जरिवानाको आदेश गरेको हो ।

समाचार लेखेकै कारण अदालतको अवहेलना भनेर कैद सजाँए व्यहोर्ने ढुंगाना र कडेँल सम्भवतः पहिलो पत्रकार हुन । पत्रकारिताका जानकारहरूले यसलाई पत्रकारिताको कालो दिनको रूपमा टिप्पणी समेत गरेका छन । प्रेस काउन्सिल नेपालले गैर जिम्मेवारी देखाउँदा यो मुद्दा अदालत प्रवेश गरेको थियो ।

कैद साजए सुनाइएका पत्रकारहरू आइतबार नै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छन । कारागार चलानको आदेशभएसँगै सिधाकुराका सम्पादक नविन ढुंगानाले सामाजिक सञ्जाल मार्फत फेरि समाचार लेख्न आउने र समाचार लेख्ने धर्मबाट कहिल्यै बिचलित नहुने प्रतिक्रिया दिनुभएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार २१:०६