१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्री ओलीको अनुरोध

१३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गर्नुभएको छ ।

हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो ।

“एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : September 29, 2024 at 4:47 pm