१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि पहिरोमा हराएको आशंका

१३ असोज, काठमाडौँ । चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि हराइरहेको पाइएको छ । एन.बि.मनकामना माइ यातायात प्रा.लि.को बा २ ख १३४५ नम्बरको माइक्रोबस शुक्रबाहर बिहानको रातिदेखि सम्पर्कबिही भएको समितिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिनुभएको छ ।

असोज ११ गते राति २ बजेर ३० मिनेटमा चितवनको पुल्चोकबाट काठमाडौँका लागि छुटेको उक्त माइक्रोबस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष रानाले बताउनुभयो । सो माइक्रो पनि झ्याप्लेखोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार ०९:१०