१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

तीन दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारको घोषणा, परीक्षा समेत स्थगित गर्न अपिल

१२ असोज, काठमाडाैँ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल बर्षाबाट भएको भौतिक र मानवीय क्षतीका कारण भोलिदेखि तीन दिन विद्यालय बन्द, सबै परीक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न सबै पक्षलाइ आग्रह गरेको छ।

मन्त्रालयले शनिबार एक बिज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो। बिज्ञप्तिमा अविरल बर्षाको कारण देशभर भएको जनधनको क्षतीप्रती दु:ख ब्यक्त गर्दै बिश्वबिद्यालय सहित सबै शैक्षिक संस्थाका परिक्षा स्थगित गर्ने र बिद्यालयहरूमा उद्दार र बिपद ब्यबस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ।

स्थगित परिक्षा परिस्थिति आन्कलन गरेर उपयुक्त समयमा संचालन गर्न अनुरोध गरेको छ। बिपदमा परि ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समबेदना प्रकट गरेको छ।

यसअघि कार्यबाहाक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा बसेको बिपद ब्यबस्थापन सम्बन्धि आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार २२:०८