१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कुलेखानी बाँधको ढोका खोलियो, २०५० सालपछि पहिलो पटक बाँध पुरै भरियो

१२ असोज, काठमाडाैँ । कुलेखानी बाँधको ढोका खोलिएको छ । बाँध भरिएपछि शनिबार बिहान ५ बजेर ४० मिनेट देखि बाँध खोलिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्थानीय प्रशासनका अनुसार २०५० सालपछि पहिलो पटक कुलेखानीको बाँधको ढोका खोलिएको हो ।

यसअघि ३१ वर्षअघि एकै दिन ६ मिटर पानीको सतह बढेपछि बाँधको ढोका खोलिएको थियो । ३१ वर्षपछि शनिबार बाँधको ढोका खोलिएको छ । सिस्नेहुँदै तलको बागमती किनारमा उच्च सतर्कता अपनाउ सरकारले यसअघि नै अनुरोध गरिसकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०८:५२