१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

भाइरल तस्बिरबारे सुनिताः षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास हो

११ असोज, काठमाडौँ । नेकपा एमालेको नेता एवं संसदीय दलको सचेतक सुनिता बरालले सामाजिक सञ्जालमा भाइरल बनेको चुम्बन (किस) काण्डबारे मुख खोल्नुभएको छ । उहाँले शुक्रबार साामाजिक सञ्जाल मार्फत केही दिनदेखि समाजिक सञ्जालमा व्याप्त बनेको तस्बिरहरूका बारेमा टिप्पणी गर्दै भिन्न अवस्था र परिवेशका तस्वीरलाई प्रबिधिको दुरुपयोग गरी दुश्प्रचार गरिएको दाबी गर्नुभएको छ ।

यद्यपी उहाँले षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास आफूमा रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा भाइरल बनेको सामग्रीको बारेमा चासो चिन्ता ब्यक्त गर्नुहुने एवम बिश्वास सहित सद्भाव प्रकट गर्नेहरूमा धन्यवाद समेत दिनुभएको छ ।

dainiki.com

बरालको तस्बिर चुम्बन काण्ड भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैले प्रश्न समेत गरेका छन । यद्यपी तस्बिरहरूको गलत प्रयोग भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको बताइएको छ । सञ्चारमध्यम र समाजिक सञ्जालमा सेयर गर्ने सहित २० जनाको नाममा साइबर ब्यूरोमा उजुरी परेको बुझिएको छ ।

सुनिता बरालले शुक्रबार सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीमा भनिएको छ, ‘सम्पूर्णमा नमस्कार !!! सामाजिक जिवन, सार्वजनिक ज़िम्मेवारी संग जोडिएको व्यक्तिले पटक पटक विभिन्न सन्दर्भसँग जोडिएर आफूलाई प्रमाणित गर्नपर्छ नै, केही दिनयता भिन्न अवस्था र परिवेशका तस्वीरलाइ प्रबिधिको दुरुपयोग गरी दुश्प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा पोष्ट गर्ने तथा त्यस्ता तथ्यहीन तथा नियोजित हत्कण्ठाहरुको मतियार भएर आफुलाई प्रतिष्ठित सञ्चार माध्यम भनेर सोच्ने केही मिडियाहरुले समाचार बनाउनेसम्मका हर्कत गरेकोमा दुख ब्यक्त गर्दछु । यस्ता भ्रामक समाचार तथा तस्वीरका सम्बन्धमा आवश्यक कारवाहीका लागि कानुन र निर्दिष्ट निकायलाइ अनुरोध गरिएको जानकारी मेरा समर्थक शुभेच्छुकहरुमा गराउन चाहन्छु । राजनीतिक तथा समाजिक क्षेत्रमा निरन्तर सङ्घर्ष र मेहेनतले बनेको ब्यक्त्तिमा प्रश्न उठाउने अवस्था ल्याउन बिभिन्न खालका प्रयासहरु निरन्तर गरिरहने केही प्रबृति प्रति सचेत नै छु र यस्ता षड्यन्त्रहरु समयक्रममा प्रष्ट हुने नै छन । षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास हो । त्यसर्थ कानुनी निश्कर्ष पर्खनु नै यतिबेलाको सही निर्णय हुनेछ भन्ने बिश्वास सहित चासो चिन्ता ब्यक्त गर्नुहुने एवम बिश्वास सहित सद्भाव प्रकट गर्नुहुनेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १९:२२