१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन, चंगा र बेलुन उडाउन निषेध

१० असोज, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बेलुन, चंगा र ड्रोन उडाउन नागरिक उड्डयन प्राधिकरणले  निषेध गरेको छ।

बिहीबार सूचनामा उल्लेख गर्दै प्राधिकरणले विमानस्थलको आसपासको  क्षेत्रमा बेलुन, चंगा र ड्रोन उडाउने कार्य तथा लेजर लाइटले उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने भएकाले निषेध गरेको बताएको हो ।

यधपी कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने समेत यसै सूचनामार्फत् सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार ११:१५