१८ मंसिर २०८१, मंगलवार | Tue Dec 3 2024

नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने

१० असोज, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १०% वा अधिकतम रु १,५०० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० बराबरकोे छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्र्पक गरि ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सÄिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सÄिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १०:२३