११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

गोर्खाज फाइनान्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२० चैत, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : April 3, 2026 at 9:23 am