८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

स्नातकको प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

८ असोज, काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले स्नातक तहकाे प्रमाणपत्र बुझाउन नसकेपछि आफ्नो नाम फिर्ता लिनुभएको छ । संसदीय सुनुवाइ समितिले भट्टराईको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो ।

तर भट्टराईले उक्त प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट नाम फिर्ता लिनुभएकाे हाे । सुनुवाइ समितिले भट्टराईसँग स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।

तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गर्नुभएको थियो । समिति सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैँले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिनुभएको थियो ।

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम यसअघि नै अनुमोदन भइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १५:०८