२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एनआरएन नागरिकले छिट्टै संविधान बमोजिम अधिकार पाउने – एमाले सचिव योगेश भट्टराई

अष्ट्रेलिया । पुर्व मन्त्री तथा नेकपा एमाले सचिव योगेश भट्टराईले संविधानले तोके बमोजिम गैर आवासिय नेपाली नागरिकका अधिकारहरु कार्यान्वयनमा रहेका कानुन अबरोधहरु हटने बताएका छन् ।

अष्ट्रेलिया भ्रमणमा रहेका भट्टराईले सरकारले संविधान बमोजिम राजनितिक अधिकार बाहेकका अधिकार प्रदान गर्न संशोधन आवश्यक रहेका कानुन वारेमा समिति नै निर्माण गरेर अगाडि बढेको सिड्नीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बताएका हुन्  । उनले त्यस समितिको सिफारिस अनुसार कानुन संशोधन भएर छिट्टै संविधान बमोजिम अधिकार प्रदान गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताए । 

प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाद्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले संमृद्ध नेपाल निर्माणमा सहभागी हुन प्रवासमा रहेका नेपालीहरु तयार रहेको तर देशका कतिपय कानुनहरु लगानी मैत्री नभएका त्यसको संशोधनका लागि माग गरेका थिए ।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद उपाध्यक्ष डा. विनोद श्रेष्ठले एनआरएनएले आर्थिक लगानी मात्र नभएर विदेशमा सिकेको ज्ञान सिप पनि नेपाल निर्माण लगाउन चाहेकाले नेपाल सरकारले त्यसको लागि बतावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा न्यु साउथ वेल्सका नेपाली वाणिज्यदुत संजिव शर्मा, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सदस्य तथा एन्जाका पुर्व अध्यक्ष हेमन्त काफ्ले, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, नेपाल अष्ट्रेलिया डेमोक्रयाटिक सोशाईटीका अध्यक्ष भिष्म भण्डारी लगायतका वक्ताहरुले अष्ट्रेलिया रहेका नेपालीहरुका समस्या लगायत विषयमा धारणा राखेका थिए ।

मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीको अध्यक्षता र सचिव प्रकाश पन्थीको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रवासी नेपाली मञ्च ओशियाना कमिटी सचिव सन्तोष दहाल र धन्यवाद ज्ञापन प्रवासी नेपाली मञ्च एनएसडव्लुका अध्यक्ष सुर्य मोहन शर्माले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा मञ्चका नेता कार्यकर्ताहरु सहित सिडनीमा रहेका समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।  

 

प्रकाशित मिति : September 24, 2024 at 6:51 am