६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

रवि लामिछानेले आत्मसमर्पण गर्ने, सीधै हिरासत जाने !

६ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका छन ।  रवि निकट स्रोतका अनुसार उनले ४८ घण्टाभित्र आफैँ प्रहरी हिरासतमा उपस्थित हुने जानकारी गराएका छन ।

पूर्व गृहमन्त्री समेत भएका र उनले भीडको दुरूपयोग गर्ने भयका कारण प्रहरीले उनको कुरामा सहमति जनाएको बुझिएको छ । ४८ घण्टामा आत्मसमर्पण गर्ने जानकारी गराएका सभापति लामिछाने सो समयमा हिरासत नगए प्रहरीले जहाँ जुन अवस्थामा छन सोही अपस्थामा गिरफ्तार गर्ने तयारी गरेको छ ।

गितेन्द्रबाबु राईको नेतृत्वमा भएको सहकारी ठगीको मुख्य योजनाकार मानिएका रविका विरूद्धमा संसदीय छानबिन विशेष समितिको सिफारिस पछि सरकारले ठगी, संगठीत अपराध, सहकारी कानुन र सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान गर्ने तयारी सुरू गरिसकेको छ ।

सरकारका तत् तत् निकायले लामिछाने माथिको अनुसन्धान सुरू गरिसकेका छन । उनी सबै जसो मुद्दाको अनुसन्धानमा पक्राउ पर्ने सम्भावना रहेको छ । रविले भीड देखाएर सरकारलाई तर्साउने प्रयास गरेको दिन आइतबार राति डिपी अर्याल लगायतले पक्राउ पुर्जी फिर्ता लिन अनुरोध गरेका छन ।

आइतबार राति लामिछानेको पार्टी कार्यालयको आँगनमा सम्बोधन गर्दै उनले शुभेच्छुक र समर्थकलाई ब्लयाकमेलिङ गर्ने गरी सम्बधोन गर्दै अनुसन्धानका लागि जाहाँसुकै जान तयार रहेको बताएका छन ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार २२:०४