३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

दुप्चेश्वर दर्शन गर्न जाँदा बाढीमा बेपत्ता हिमकुमारी अधिकारीको शव फेला

१ असोज, नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेको दुप्चेश्वर मन्दिरको दर्शन गर्नुअघि तादी नदीमा स्नान गर्ने समयमा सोमबार बिहान बाढीमा वेपत्ता हुनुभएको ७२ वर्षीय हिमकुमारी अधिकारी मंगलबार बिहान मृत अवस्थामा फेला पर्नुभएको छ ।

स्थानीय समेत रहनुभएको नेकपा एमालेका नेता बलराम अचार्यले दुप्चेश्वर गाउँपालिकाकै वडा नम्बर ६ तादी खोला गौँडाको साँघु मुनि भेटिएको जानकारी दिनुभो । सोमबार बिहानै हिमकुमारी छोरा र बुहारीसहित दुप्चेश्वर मन्दिरको दर्शनका लागि त्यहाँ पुग्नुभएको थियो ।

सोमबार बिहान ९ः३० बजेतिरको समयमा खोलामा स्नान गर्ने क्रममा उहाँ बग्नुभएको थियो । सोमबार दिउँसभर र मंगलबार बिहानको खोजतलासका क्रममा उहाँको शव भेटिएको हो । नुवाकोट जिल्लाकै सूर्यगढी गाउँपालिका वडा नम्बर ३ ढुङ्गेचौर स्थायी घरभै हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा बसोबास गर्दै आउनुभएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १३:२८