२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

धोविखोलामा खसेको ट्याक्सीका चालक प्रहरी सम्पर्कमा, बगेको ट्याक्सी बुद्धनगरमा भेटियो

३० भदौ, काठमाडौँ । आइतबार साँझ भारी वर्षासँगै आएको बाढीमा ट्याक्सी खसेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ अनामनगर हुँदै बग्ने धोबिखोलामा ट्याक्सी खसेको हो ।चालकसहित बाढीमा ट्याक्सी खसेको भए पनि उनी सकुशल रहेको र प्रहरी सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी कलेज छेउको पुलबाट ट्याक्सी खोलामा खसेको हो । धोबिखोलाले बगाउँदै लगेको ट्याक्सी बागमतीमा नमिसिदै बुद्धनगरमा रहेको रोजबर्ड स्कुलको किनारमा भेटिएको र क्रेनको सहायताले निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरीका एसपी विश्व खड्काले ट्याक्सी चालक सकुशल रहेको र ट्याक्सी निकाल्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार २२:०५