५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भक्तपुरको ५५ झ्याले दरबार सर्वसाधारणका लागि मंगलबार र शुक्रबार खुला


४ पुस, काठमाडाैँ । ऐतिहासिक ५५ झ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न हिजोबाट खुल्ला गरेको हो ।

उक्त दरबार साताको प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुल्ला गरिने छ । दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु २० र विद्यार्थी सहुलियत शुल्क रु १० को टिकट लिएर अवलोकन गर्न पाइनेछ ।

नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्ष बन्द भई सन् २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार भूकम्पपछि पुनः बन्द भएको थियो ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ०८:४४