२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

राजन भट्टराईसहित तीन जना भ्रष्टाचारी ठहर, घुस रकम दिनेलाई नै फिर्ता

२७ भदौ, काठमाडौँ । पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल एवं राजिब वस्नेत  भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले बिहीबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै घुस खाएको पुष्टि भएकाले तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापाको इजलाशले मुद्दाको अन्तिम सुनुवाइ गर्दै घुस खाएको १७ हजार रूपैयाँ तीन जनासँग जनही ५ हजार ६ सय ६६ रूपैयाँ ६६ पैसाको दरले बिगो भराउने आदेश समेत गरेको छ । साथै तीनै जनालाई जनही ५ हजार ६ सय ६६ रूपैयाँ ६६ पैसा जरिवाना हुने आदेश समेत भएको छ ।

अदालतले उजुरीकर्ताले घुस फिर्ता पाउने समेत आदेश दिएको छ । साथै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा ३ बमोजिम प्रतिवादीहरूबाट जनही २२६ रूपैयाँ क्षतिपूर्ति शुल्क भराइ पीडित राहत कोषमा जम्मा गर्ने आदेश समेत भएको छ ।

निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रूपैयाँ घुस खाइसकेको अवस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । उनीहरू काठमाडौं महानगरपालिका वडा नं। ३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालयको कार्यकक्षबाटै पक्राउ परेका थिए ।

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १८:०८