२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नुवाकोटको दुप्चेश्वरमा भीषण पहिरो, दुई पुल र केही चाैपाय बगायो

२७ भदौ, नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा वर्षासँगैको पहिरोले दुई वटा पुल बगाएको छ।  गएराति वर्षासँगै आएको बाढीले दुई वटा पुल केही चौपाय बगाएको नेकपा एमालेका नेता निलकण्ठ आचार्यले दैनिकीलाई जानकारी दिनुभयो ।

दुप्चेश्वर १ को फेदीमा पहिरो खस्दा फेदीमै रहेको काठे पुल र सिसिपु कसेरीमा रहेको झोलुङ्गे पुल बगाएको आचार्यले जानकारी दिनुभयो । पहिरोसहितको बाढीमा केही गोठ बगेर चौपायहरू वेपत्ता भएको पनि उहाँले जानकारी दिनुयभो ।

अहिले घ्याङ्फेदी हुँदै कुटुङ जाने बाटो पूर्ण रूपमा अबरूद्ध रहेको छ । पहिरो पन्छाएर बाटो सुचारू गर्नका लागि स्थानीय प्रशासनलाई खबर गरिएको पनि आचार्यले जानकारी दिनुभयो । चौपायको क्षतिको एकिन बिबरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ०९:०५