१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

ऐतिहासिक रुद्रायणी देवी मन्दिरकाे पुनःनिर्माणको काम अझै सकिएन

२६ भदौ, ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन ।

विसं २०७२ गोर्खा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको  चार वर्षपुरा भएको छ ।  पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ ।  ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो । मन्दिर पुनःनिर्माणको लागि ललितपुर महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने भएकाले बजेट अनुसारको काम भएको रुद्रायणदेवी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले जानकारी दिनुभयो ।

रुद्रायणीदेवी मन्दिरको पुनःनिर्माण्को काम ढिला भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ््गोल बताउनुभयो ।  उहाँले भन्नुभयो,“बजेट अभावको कारण मन्दिर पुनःनिर्माण ढिला भएको छ । महानगरको वार्षिक बजेट अनुसार काम भएको छ । हालसम्म करिब रु चार करोड भन्दाबढी खर्च भइसक्यो मन्दिर पुनः निर्माणको काम अझै दुई वर्षपछि सकिन्छ होला ।”

हाल मन्दिर पुनःनिर्माणको काम भइरहेकोले देवतालाई अस्थायी मन्दिरमा राखेको रुद्रायणी गुठीका सदस्य हेराबहादुर डङ्गोलले बताउनुभयो । समयमै मन्दिर पुनः निर्माणको काम सकिए रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज हुने उहाँको भनाइ छ ।

करिब रु आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माण उभयोक्ता समितिले करिब १० करोड भन्दाबढी खर्च हुन सक्ने बताइएको छ । हरेक वर्षको घटस्थापनादेखि रुद्रायणीदेवी मन्दिरमा पूजाआजा सुरु हुन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १७:४८