पाँचथर विष्फोट घटनाः सरकारले मृतक परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार गर्ने
२६ भदाै, काठमाडाैँ । पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ मा भएको विष्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।
विष्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भैरहेको छ ।
केही दिन अघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए । त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।
प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १३:५०