२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

एआईयुक्त आइफोन १६ सिरिज सार्वजनिक, के-के छन् विशेषता?

२५ भदौ, काठमाडौं । ९ सेप्टेम्बरको दिन एप्पल कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन-१६ सिरिज सार्वजनिक गरेको हो ।

कम्पनीले यस वर्ष ‘इट्स ग्लोटाइम’ नाम दिएर सार्वजनिक समारोह आयोजना गरी आइफोन-१६ सिरिजसहित एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा-२, एयरपड्स-४, एयरपड्स म्याक्स सार्वजनिक गरिसकेपछि आइफोन-१६ सिरिज सार्वजनिक गरिएको थियो । उक्त सिरिजमा चार मोडेल गरी (आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रोम्याक्स)सार्वजनिक गरिएको हो ।

आइफोन १६ मा खास के छ ?

आइफोन-१६ मा विभिन्न विशेषताहरु छन् । तीमध्ये एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ।

एप्पल कम्पनीका प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताका साथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताउनुभयो ।

एप्पल कम्पनीका अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ ।  यद्यपि एप्पल इन्टेलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुने छ । पहिले यसलाई केही देशमा बिटा भर्जनमा सुरु गरिने छ ।

क्यामरा कन्ट्रोल र एक्सन बटन

आइफोन-१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यस बटनको प्रयोगबाट क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो एक्सपोजर, डेप्थ तथा फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट गर्न सक्नेछन् ।

कम्पनीको दाबी छ कि केही महिनापछि एप्पल इन्टेलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोलमार्फत् भिजुअल इन्टेलिजेन्स पनि पाउने छन् ।

आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।

जस्तै, फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ्ग वा साइलेन्ट मोडमा पनि जान सकिन्छ ।

18 चिप र क्यामरा

आइफोन–१६ सिरिजमा एप्पल इन्टेलिजेन्सका लागि विशेष गरी ब्ज्ञड चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने छ ।

यो विगतका आइफोनभन्दा दुई जेनेरेसन अगाडिको चिप हो ।

आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । साथै आइफोन-१६ प्रोमा भने यो छह जुम क्षमताको छ ।

ब्याट्री र कलर, डिस्प्ले र क्यापासिटी

आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिनेछ भने प्रोमा भने यस्तो क्षमता ३३ घण्टा रहेको कम्पनिको दाबी छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (गुलाबी, हल्का हरियो, कालो, सेतो, र निलो रङ्गमा उपलब्ध छन् ।

आइफोन-१६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) छन् ।

आइफोन-१६ को साइज ६.१ इन्चको छ । आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन.१६ प्रोम्याक्सको साइज ६.९ इन्चको छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी) मा छन् ।

आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् भने आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् ।

मूल्य

यी फोनहरुको मूल्य मोडल र क्षमता अनुसार फरक फरक छन् । आइफोन-१६ सिरिजका मोबाइलहरु १ लाख २७ हजार ९०० रुपैयाँदेखि २ लाख ३२ हजार रुपैयाँसम्म पर्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १०:५६