२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

सिद्धार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा १५ प्रतिशत सम्मको छुट पाउने

२४ भदाै, काठमाडौँ । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रा. लि. (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिने छ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १९:४३