१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

सुरुङमार्ग नजिक गएकाे पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध

२४ भदौ, काठमाडौँ । काठमाडौँ–मुग्लिङ सडक खण्डमा आज दिउँसो पहिरो आउँदा सडक अवरुद्ध भएको छ । काठमाडौँ–मुग्लिङ सडक खण्ड अन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ ।” सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १९:०५