पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा
२४ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिनुभएकाे छ। पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएकाे हाे ।
महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण निर्वाचन हुन नसकेकाे भन्दै पाेखरेलले राजिनामा दिनुभएकाे हाे ।
‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।
पोखरेलले सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको बताउनुभएकाे छ । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भन्नुभएकाे छ,‘ यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।’
प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १७:४६