सर्वोच्चको फैसलाप्रति सहमत हुन सकिँदैन: सांसद केसी
२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपत्यका नदी किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने सर्वोच्चको फैसलाप्रति सहमत हुन नसक्ने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सर्वोच्चको यो आदेश व्यवहारिक र न्यायोचित नभएको तथा मापदण्ड तुरुन्त खारेज गर्नुपर्ने बताउनुभयो ।
त्यसकारण सरकार तत्काल नै पुनरावेदनमा जानुपर्छ‚’ उहाँले भन्नुभयो‚ ‘सर्वोच्च अदालतको फैसलाप्रति सम्मानका साथ असहमति व्यक्त गर्न चाहन्छु । यो आदेशले लाखौँ जनता अन्यायमा पर्नेछ र जनताको बिचल्ली हुनेछ ।
‘यसले जनस्तरमा आन्दोलनको स्वरूप बिस्तारै धारण गर्दैछ र काठमाडौँमा विद्रोह निम्त्याउने बुझेको छु । देशका विभिन्न जिल्लाबाट आएर ‘चार पाँच आना जग्गा लिएर घर बनाएर बस्नेको बिचल्ली नहोस्,’ उहाँले भन्नुभयो । सर्वोच्चको फैसला सरकारका लागि मार्गदर्शक भए पनि यसका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १४:५९