३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आज ६ जिल्लामा सार्वजनिक बिदा, यस्तो छ कारण

२३ भदाै, काठमाडाैँ । आज लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा हुने भएकाे छ । प्रदेश सरकारले थारु समूदायको अट्वारी पर्वको अवसरमा थारु समूदायको बाहुल्य रहेको ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि र नवलपरासी पश्चिममा अट्वारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हाे ।

अट्वारी पर्व पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा धुमधामका साथ मनाइन्छ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । यो पर्व २ दिनसम्म मनाइन्छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरी भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार ०९:३४