१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

विशाल-कुमार स्मृति पत्रकारिता पुरस्कार कृष्णहरि घिमिरेलाई

२० भदाै, सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भुमिका निर्वाह गरेको भन्दै नेपाल पत्रककार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव अधिकारीकर्मी कृष्णहरि घिमिरेलाई २१ औं विशाल – कुमार स्मृति दिवसको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

पत्रकार घिमिरेलाई प्रेस चौतारी नेपालको संवन्वयमा विशाल कुमार – स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् शेरमान कुवर (विशाल) को जीवन संगिनी निरू दर्लामी र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं विशाल कुमार स्मृति प्रतिष्ठानका संरक्षक मनोजजंग थापाले दोसल्ला ओढाउँदै प्रमाण पत्र र नगद पाँच हजार रुपैंया प्रदान गरेका थिए।

विशाल कुमार स्मृति प्रतिष्ठानले हरेक वर्ष एक जना जनपक्षीय पत्रकारलाई स्मृति दिवसको अवसरमा सम्मान र पुरस्कृतगर्दै आएको छ । तत्कालिन माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ लाई सिरहा जिल्लाको धन्छवारमा तत्कालिन नेपाली सेनाद्वारा नियन्त्रणमा लिई आजकै दिन अर्थात भदौ २० गते गोलीहानी बिभत्स हत्या गरेको थियो ।

स्मृति कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले बिशाल कुमारले देखाउनु भएको बाटोबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको र त्यसको नेतृत्व अहिले केपी ओलीले गरिरहनु भएको बताए । उनले भने, कमरेड पुष्पलाल, मदन भण्डारी र केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनको एउटै पाटो भएको र एमाले मात्रै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : September 5, 2024 at 6:25 pm