१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

४१ वर्षको उमेरमा प्रकाश तामाङले नागरिकता प्राप्त गरे: अन्तत: अस्तित्व प्रमाणित गर्न सफल

१६ भदौ, भोजपुर । प्रकाश तामाङ, जसले ४१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकता प्राप्त गरेका छन्, १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए। गोरखा जिल्लाको विकट हिमाली क्षेत्र चुम उपत्यकामा चौंरी गोठमा काम गरिरहेको अवस्थामा चर्चित युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ कार्यक्रमले उनलाई फेला पारेको थियो। तामाङले अन्ततः भोजपुरबाट आइतबार नागरिकता लिएका छन्, र उनलाई घरमै नागरिकता हस्तान्तरण गरिएको छ।

प्रकाश तामाङको नागरिकता वितरण समारोह भोजपुरको षडानन्द नगरपालिकामा भएको थियो । गाउँपालिका अध्यक्ष सुरेन्द्र उदासले उनको घरमै गएर नागरिकता हस्तान्तरण गरेका थिए। समारोहमा वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञावली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं र उनलाई नागरिकता दिलाउन काठमाडौंदेखि भोजपुरसम्म पुगेका एमाले नेता राजेश राई सहभागी थिए ।

प्रकाश तामाङको नागरिकता नम्बर ०९-०२-८१-००३५७/ भोजपुर रहेको छ। यो विशेष क्षणले तामाङको लामो संघर्ष र पहिचान प्राप्तिको कथामा सम्पूर्ण राष्ट्रको ध्यान तानिएको छ ।

तामाङको जीवन संघर्षले धेरैलाई छुन्छ। १० वर्षको नाबालक उमेरमा हराएका उनी काठमाडौंबाट टाढा गोरखाको चुम भ्याली पुगेर जीवन निर्वाह गर्दै थिए। न त उनीसँग आफ्नो पहिचानको प्रमाण थियो, न त परिवारको खोजी। उनलाई भेट्नुपूर्वसम्म उनी आफ्नो पहिचानको खोजीमै थिए।

प्रकाशित मिति : September 1, 2024 at 4:10 pm