३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

मुख्यसचिव नियुक्तिको असन्तुष्टिः सचिव दिनेश भट्टराईले पनि दिए राजिनामा

१४ भदौ, काठमाडौँ । मुख्यसचिव नियुक्तिको असन्तुष्टिमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजिनामा दिनुभएको छ । नेपाल सरकारको मुख्य सचिवमा सचिवहरूको वरियतामा चौँथो नम्बरमा रहनुभएका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल नियुक्त हुनुभएसँगै भट्टराईले राजिनामा दिनुभएको हो । यसअघि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि सचिवबाट राजीनामा दिनुभएको थियो । मुख्यसचिव अर्यालले आइतबारदेखि काम गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार २०:१८