राष्ट्रपति पौडेलले हरेक महिनाको एक दिन सार्वजनिक स्थल पुगेर स्थानीयको गुनासो सुन्ने
१४ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनाको एक दिन सार्वजनिक स्थल पुगेर स्थानीयको गुनासो सुन्ने कार्यक्रम तय गर्नुभएको छ ।
राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेलले हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जानुहुने र सार्वजनिक स्थलमा हरेक नागरिकसँग संवाद गर्ने र गुनासो सुन्ने तय गर्नुभएको हो। जस अनुसार आज पहिलो पटक भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : August 30, 2024 at 9:40 am









