एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त
१३ भदौ, काठमाडौँ । नेपाल सरकारको मुख्य सचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
अर्याल सचिवको वरियतामा तीन जना पछि रहनुभएको थियो । अर्याल मुख्यसचिव नियुक्त भएसँग वरियताको पहिलो नम्बरमा रहनुभएका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिनुभएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार २२:०१