१३ पुष २०८१, शनिबार | Sun Dec 29 2024

शनिवार पहिलो पटक एडिलेडमा गौरा पर्व मनाईदै

एडिलेड  |  सुदुर पश्चिम प्रदेशको महत्वपुर्ण पर्व गौरा पर्व पहिलो पटक एडिलेडमा अगष्ट ३१ शनिवार मनाइने भएको छ। एस्कट पार्क स्थित याक्टिभ एल्डर एशोशियसनको हलमा दिनको ३ बजेबाट कार्यक्रम शुरु हुने भएको छ ।

भगवान शिव र पार्वतीको पुजा आरधना गरेर भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि विश्वास गरिन्छ । भने भगवान प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । व्रतालु एवं  भक्तजनले पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ । यस पर्वको देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गरिन्छ ।

कार्यक्रम संयोजक रमेश जोशीले नेपाली संस्कृतिको महत्वपुर्ण पर्व गौरा पर्व प्रवासमा पनि संरक्षण र संम्वर्धन गर्न कार्यक्रम आयोजना गरिएको बताए । संयोजक जोशीले एडिलेडबासी नेपाली समुदायलाई आफ्ना बालबालिकाहरु सहित कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १९:११