युवा पक्राउबारे हरि ढकालको विरोध-कमिलाको उड्ने बेला प्वाँख पलाए जस्तो नहोस्
१२ भदौ, काठमाडौँ । बुधवारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गर्नुभएको छ ।
वाहाँले पक्राउ पर्ने युवाहरूको रिहाइको माग गर्नुभएको छ ।
‘गौरा पर्वको अवसरमा आयोजित गरेको कार्यक्रममा युवाहरूले विरोध गरे । यसलाई अनेक बहाना बनाएर भिडियो हेरेर युवालाई हिरासतमा राखिएको छ यो गलत हो । कमिलाको उड्ने बेला प्वाँख पलाए जस्तो नहोस् ‚’ ढकालले भन्नुभयो ।
प्रकाशित मिति : August 28, 2024 at 2:15 pm









