प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ
१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेजका सभापति शेरबहादुर देउवारूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भदौ १० गते सोमबार टुँडिखेलमा गौरा पर्वका आयोजित कार्यक्रममा युवाहरूले नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा हुन् ।
उनिहरूलाई सोधपुछको लागि नियन्त्रणमा लिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : August 28, 2024 at 12:45 pm









