१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रकाशको नागरिकता बनाउन सहजीकरण गर्न प्रधानमन्त्रीले दिए गृहसचिवलाई निर्देशन

१२ भदौ, काठमाडौँ । प्रकाश तामाङको नागरिकता चाँडो बनाउनेगरी सहजीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिवलाई निर्देशन दिनुभएको छ ।

मंगलबार राति गृहसचिव अर्याललाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले प्रकाशको नागरितकता बनाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले यसबारेमा आफ्नो सामाजिक सञ्जालमार्फत पनि जानकारी दिनुभएको छ । प्रकाशलाई फोन गरी बुझ्दा वाहाँको पहिलो प्राथमिकता नै नागरिकता भएको बुझेपछि गृहसचिवलाई तत्काल बोलाएर त्यसका लागि पहल गर्न भनेको उल्लेख गर्नुभएका छन् ।

प्रकाशलाई हेर्ने कथाको टिमले वाहाँको परिवारसँग पुनर्मिलन गराएको थियो।

प्रकाशित मिति : August 28, 2024 at 11:59 am