प्रतिवेदनमा लेखनमा जुट्यो सहकारी छानबिन विशेष समिति
१२ भदौ, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन भएको विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । उक्त कामका लागि भने बुधबार पनि समितिको बैठक बसिरहेको छ ।
समिति सदस्य लेखनाथ दाहालका अनुसार आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने भएको छ ।
समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो ।
यस्तै‚ रास्वपाका सभापति रवि लामिछाने र सहमहामन्त्री विपिन आचार्यसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको बयान समितिले लिएको थियो ।
‘हामीले जीवी राई बाहेक सबैको बयान लिइसकेका छौँ‚’ वाहाँले भन्नुभयो । प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन भएको हो। समितिको म्याद भने यही भदौ १५ गते सकिँदैछ ।
तर‚ काम भालेको ३ महिना समितिको समायवधी भएकाले भदौ २२ गतेसम्म समय पाउनुपर्ने समिति सदस्यहरूको मत छ ।
प्रकाशित मिति : August 28, 2024 at 11:36 am









