३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

११ भदौ, काठमाडौँ । सशस्त्र प्रहरी बलमा २१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि हटाउन माग गरेका थिए । उक्त माग भने दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीश सारंगा सुवेदीको इजलासले मंगलबार विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

वाहाँका अनुसार लिखित जवाफ १५ दिनभित्र पेश गर्न आदेश दिइएको छ । यस रिटमा जबाफ पेस भएपछि पेशीमै जाने पनि सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

नेपाल प्रहरीको हकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएपछि ९० जना प्रहरी अधिकृतहरू  भदौ १६ गते अवकाशमा जानबाट रोकिएका छन्।

प्रकाशित मिति : August 27, 2024 at 3:56 pm