१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

नाडा अटो शोको भव्य उद्घाटन (तस्विरहरू)

११ भदौ, काठमाडौ । भृकुटीमण्डपमा आजदेखि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शो सुरु गरेको छ । उक्त शो उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको हो ।

भदौ १६ गतेसम्म सञ्चालन हुने यस शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ ।

नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा १९ ब्रान्डका दुई–पांग्रे, २४ ब्रान्डका चारपांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । प्रदर्शनीमा १३० वटा स्टल छन् ।

प्रकाशित मिति : August 27, 2024 at 1:22 pm