२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

नेपाल वा नेपाली कम्युनिष्ट पार्टी ?

-सरोजकुमार तामाङ

राजनीति देश र जनताको विकास पक्षमा उठाउने विचारहरूको आवाज हो । त्यो विचारलाई कुन सिद्धान्तले मार्गनिर्देशित गर्दछ भन्नेमा नै विभिन्न राजनीतिक दलहरू खुलेका हुन्छन् । व्यक्तिवादीहरू पूँजीवादको माध्यमबाट देश र जनताको विकास पक्षमा वकालत गर्दछन्, सामन्तीवर्गहरू राजतन्त्रको र कम्युनिष्टहरू साम्यवादको माध्यमबाट । त्यसैले, राजनीतिक दलहरू भनेका सबै होइनन्, कुनै न कुनै निश्चित वर्गहरूको प्रतिनिधित्व गर्ने संस्था रहेछ भन्ने प्रमाणित हुन्छ किनकि पूँजीवादले बहुसंख्यक जनतालाई उपेक्षा गर्दै सिमित पूँजीपतिवर्गहरूको हितार्थ सामाजिक विकासको प्रारूप तयार पार्ने, सामन्तवर्गहरूले एक अमुक व्यक्तिको परिवारको माध्यमबाट निरंकुश र केन्द्रिकृत सामाजिक विकासको थालनी गर्दछ भने कम्युनिष्टहरू बहुसंख्यक जनताको पक्षमा समाजको विकास हुनुपर्छ भन्ने विश्वव्यापी वैज्ञानिक मान्यता राख्दछ ।

तर, आजको यो लेखाईमा यहाँ कुन मार्गनिर्देशित सिद्धान्तद्धारा यो मुलुकको विकास नीतिहरू निर्माण गर्दा देश र जनताको कायाकल्प गर्न सकिन्छ भन्नेमा भन्दापनि बहुसंख्यक सर्वहारा श्नमजीवीवर्गहरूको उत्थान गर्ने यहाँका कम्युनिष्ट पार्टीको शाब्दिक जन्म कसरी गरियो भन्नेमा ध्यान केन्द्रित गर्न खोजिएका छौं । वर्ग देशको हुँदैन्, वर्ग त त्यो देशभित्र रहने जनताको हुन्छ किनकि राज्यको चरित्र वर्गीय हुन्छ । हो, त्यसैलाई प्रत्याभूति हुने किसिमले नामाकरण हुनुपर्यो ।

देशको विकास भनेपनि त्यो विकास कुनै पुशपक्षी वा प्रकृतिको निम्ति त अवश्य होइन् । त्यो विकासलाई देश विकासको नामाकरण गरेपनि अन्ततस् त्यसको उपभोग गर्ने भनेको त्यो देशभित्र रहने जनताले हो चाहे त्यो देशको जनताभित्र सबै वर्गका मानिसहरू किन संलग्न नहुन् । तर, कम्युनिष्ट पार्टीको विश्वव्यापी मान्यता के हो भने जनता भनेका सर्वहारा र श्नमजीवीवर्गहरू हुन् भनि बारम्बार परिभाषित गरिन्छ ।

त्यसैले, यसो हो भने यहाँका कम्युनिष्ट पार्टीहरूको नाम नेपाल कम्युनिष्ट पार्टी हुनुपर्ने हो कि नेपाली कम्युनिष्ट पार्टी रु बिषय यही हो । वर्ग राज्यको हुँदैन, राज्यद्धारा सृजित हो भने नेपाल नाम किन राखियो रु राखिनु पर्ने त त्यो देशको जनताको वर्गीय चरित्रलाई लिएर होइन र रु जस्तैस् भारत कम्युनिष्ट पार्टी हुँदैन्, भारतीय कम्युनिष्ट पार्टी हुन्छस चीन कम्युनिष्ट पार्टी होइन्, चिनियाँ कम्युनिष्ट पार्टी हुन्छ । यस्तै अमेरिकी कम्युनिष्ट पार्टी, रूसी कम्युनिष्ट पार्टी आदि इत्यादि नामाकरण हुन्छ । तर, यहाँ कम्युनिष्टहरूले देशकै नाम राखेको छ । यो के हो ? देशको कुनै वर्ग हुँदैन् । वर्ग हुन्छ भने त्यो देशभित्र बस्ने जनताको हुन्छ । त्यही निश्चित वर्गीय जनताको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीहरूको नामाकरण पनि त्यही हिसाबले गर्नु पर्नेमा देशको नाम किन रु यो कम्युनिष्ट पार्टीहरूमा मात्र लागू हुने बिषय पनि होइन्, यहाँका अन्य दलहरूको नामको बारेमा पनि हेरौं ११ नेपाल काँग्रेस नभएर नेपाली काँग्रेस छ, राष्ट्र स्वतन्त्र पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी छ, मधेश दलहरू नभएर मधेशी दलहरू छन् ।

त्यसैले नामाकरणको हिसाबले उनीहरू ठिक छन् तर, हाम्रै कम्युनिष्ट पार्टीहरूको नाम चाहिँ किन यस्तो भएको होला रु यो शब्द सच्याउनु पर्ने हो या मेरो व्यक्तिगत विचार सच्याउनु पर्ने हो, त्यो बिषयमा तपाई पाठकवर्गहरूले पठेर सुझाब सल्लाह दिनुहोला ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार ०९:३२