२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

रामेछापमा पहिरोः ६ जनको मृत्यु, ४ जना वेपत्ता

९ भदौ, रामेछाप । रामेछापमा पहिरोमा पुरिएको ६ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन । जिल्लाको दोरम्बा शैलुङ ३ लेखर्कवस्तीमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा चण्डिका थापामगर र आयुस थापामगर रहेका छन् । चण्डिका शिक्षिका हुन भने आयुस उनैको छोरा २ वर्षीय बालक हुन । प्रहरीले मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

पहिरोमा परेका मध्ये एक जनाको सकुशल उद्धार गरिएको छ । पहिरोले चार वटा घर र एउटा पुल बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार ०९:५२