२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

समृद्धि फाइनान्सको चौविसौं साधारण सभा सम्पन्न

१४ माघ, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ ।

साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्नु हुँदै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराउनु भएको थियो ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

प्रकाशित मिति : January 28, 2026 at 4:42 pm