३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

चितवनमा यात्रुवाहक बस दुर्घटना, वालमा ठोक्किएका कारण त्रिशुली खस्न पाएन

९ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । वालमा ठोक्किएका कारण बस त्रिशुलीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार ०९:३७