१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

आरजु राणाले चुनाव लडनका लागि किनेको घरअघि कसले राख्यो शंकास्पद कालो झोला ?

९ भदाै, कैलाली । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले चुनाव लड्नका लागि किनेको घर अघि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । देउवाले गत चुनाव अघि धनगढीमा किनेको घर अगाडी फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।

देउवा निवास अगाडि राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले बिहान १ बजे थाहा पाएको थियो । नेपाल प्रहरी त्यस लगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको पाइएको छ । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ । केही दिनयता भावी प्रधानमन्त्री भनेर परराष्ट्रमन्त्रीको चर्चा चलिरहेको समयमा घर अघि शंकास्पद वस्तु भेटिएको हो ।

प्रकाशित मिति : August 25, 2024 at 9:00 am