दुर्घटनाका घाइतेहरू भेट्न काठमाडौं आइन् भारतका राज्यमन्त्री, गृहमन्त्री लेखकसँगै पुगिन् अस्पताल
८ भदाै, काठमाडाैँ । भारत सुकारले शुक्रबार तनहुँमा भएकाे बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र शव लिएर जान आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौँ आउनुभएकी हुन् । उनी काठमाडाै आइपुग्नासाथ घाइतेहरुको अवस्था बुझ्न गृहमन्त्री रमेश लेखकसँगै त्रिवि शिक्षण अस्पताल जानुभएकी छिन् ।
राज्यमन्त्रीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर घाइेतको अवस्थाबारे जानकारी लिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ ।
चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शव परीक्षणपछि भारत पठाइनेछ ।
प्रकाशित मिति : August 24, 2024 at 1:29 pm







