३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो, २५ जना घाइते

७ भदौ, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा बस दुर्घटना भएको छ ।

आज दिउँसो १:५० बजेतिर रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि ढुंगा खसेपछि चालक आत्तिएर बस अनियन्त्रित भइ सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयाे ।

उक्त घटनामा परी २५ जना घाइते भएका छन् ।

घाइते भएकामध्ये ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकाे  प्रहरीले जनाएको छ ।

बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ । ढुंगा लागेर बसमा क्षति पुगेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १६:२०